लेख/रचना

 जुनदिन मान्छेको मृत्यु हुन्छ , त्यतिवेला पनि उसले कमाएको पैसा बैंकमा नै रहन्छ । मरेको मान्छेसंग सम्पति पछि लाग्दैन । हामी जिउँदो हुँदा लाग्छ अरूको जस्तो आफूसित खर्च गर्न पर्याप्त धन सम्पत्ति नै छैन। जब हामी यस धर्तीबाट बिदा हुन्छौं तब सबै धन खर्च नभएर बॉकी रहन्छ ।

एकजना अमेरिकी धनाढ्यको मृत्यु भयो । आफूले जीवनभर कमाएको २० मिलियन डलरमध्ये उद्योग धन्दा र विलासितामा १ मिलियन खर्च गर्यो र आफ्नो विधवा श्रीमतीको लागि बैंकमा १‌९ मिलियन डलर छोडेर गयो । विधवाले श्रीमानको मृत्युपछि आफ्नै कम्पनीमा काम गर्ने जवान नोकरसित विवाह गरिन । बिबाहपछि त्यो नोकरले १९ मिलियन डलरबाट मोजमस्ती गर्न सुरू गर्यो । एउटा प्रसंगमा उसले भन्यो " म हमेशा सोच्थे कि म आफ्नो मालिकको लागि काम गर्थे ,तर अहिले महसुस भइरहेछ कि मालिक नै हमेशा मेरो लागि काम गर्दोरहेछ "
ज्ञान समाप्त


Post a Comment

0 Comments